कार्तिक २९ । यूरोपेली यूनियनका नेताहरूले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका छन्। युरोपेली मुलुकमा मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ।
जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले सीमानामा कडाई गर्ने निर्णय गरेको हो। ईयू मुलुकहरूबीच सहकार्य अझ बढाउँदै आतङ्कवादविरुद्धको नीतिलाई थप कडा बनाउन उनीहरू सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























