चितवन, कात्तिक २८ । जिल्ला प्रशासन कार्यालय चितवनले तिहार र छठ पर्वमा भीडभाड र सार्वजनिक कार्यक्रम नगरी आ-आफ्नै घरमा परिवारभित्र सीमित रहेर मनाउन आग्रह गरेकाे छ। शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा विज्ञप्ति जारी गर्दै तिहारमा सार्वजनिक रुपमा घरबाहिर देउसी भैलाेका कार्यक्रम नगर्न आग्रह गरिएकाे हाे। पर्व मनाउँदा आफ्नै घरकाे छतमा परिवारभित्र मात्रै रमाइलाे गरी साैहार्दपूर्ण तरिकाले मनाउन प्रशासनले आग्रह गरेकाे छ। काेभिड–१९ संक्रमणकाे जाेखिम कम नभएकाेले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन सहायक प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका छन्।

Facebook Comments


























