ललितपुर, कार्तिक २८ । ललितपुरको इमाडोलमा रहेको फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी भएको छ। दिउँसो साढे १२ बजे लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले ६ वटा दमकल र दुई वटा पानी ट्याङ्करको सहायतामा आगो निभाइएको जानकारी दिए।
उनका अनुसार आगलागीबाट त्यही राखिएका फोहर सङ्कलन गर्ने केही ट्रकमा आंशिक क्षति भएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























