काठमाडौं, कार्तिक २८ । गुल्मीको मुसिकोट नगरपालिका-८ अर्छुङका दुई जनालाई गोरू काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीय रामबहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरू काटेको आरोपमा बिहीबार बेलुका प्रक्राउ गरेको हो।
सोही नगरपालिका-७ तिम्लीचौरस्थित जंगलमा गोरू काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
Facebook Comments


























