काठमाडौं, कार्तिक २८ । साताको अन्तिम दिन सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
हिजो सुनको मुल्य प्रतितोला ९४ हजार ७०० थियो। आज त्यो बढेर ९५ हजार २०० पुगेको छ। आज तेजावी सुनको मुल्य भने ९४ हजार ७०० रहेको छ।
आज चाँदीको मुल्य भने स्थिर छ। आज प्रतितोला १२२० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ।
Facebook Comments


























