कार्तिक २८ । लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ। लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम) लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।
१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ। गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ। डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए। लिवियामा वर्षेनी डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ। एजेनसी
Facebook Comments


























