मकवानपुर, कार्तिक २७ । मकवानपुरबाट प्रहरीले कारभित्र लुकाइ राखेको अवस्थामा ८० किलो गाँजा बरामद गरेको छ। आज बिहान साढे २ बजेको समयमा हेटौडा उपमहानगरपालिका–१० मा रहेको प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले बा ६ च १४७६ नम्बर को कार शंका लागी खोजतलास गर्ने क्रममा गाँजा बरामद भएको हो।
प्रहरी टोलीलाई देखेपछि कारमा भएका मानिसहरु कार पार्किङ गरेर भागेका थिए। प्रहरीले स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा कारको लक तोडेर हेर्दा डिकिमा लुकाएको अवस्थामा गाँजा बरामद भएको हो।
बरामद गरिएको गाँजा, कार र केही कागजातहरु जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ। प्रहरीले कारमा सवार मानिसहरुको खोजी कार्य गरिरहेको छ।
Facebook Comments


























