काठमाडौं, कार्तिक २७ । तिहारको मुखैमा आएर नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउन थालेको छ। बिहीवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २० रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments


























