काठमाडौं, कार्तिक २६ । सरकारले भुटानी शरणार्थीको समस्या छिट्टै समाधान हुने बताएको छ। लामो समयदेखि भुटानी शरणार्थीको समस्या रहेकोले अब यसको लागि आवश्यक सबै गृहकार्य पूरा भएको मन्त्रालयले जनाएको छ। भुटानीहरुको समस्या समाधानको लागि २०७६ जेठ ३० गते मन्त्रिस्तरको निर्णयबाट सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदनको आधारमा सबै समस्याको समाधान गर्ने सरकारको तयारी छ। झापा र मोरङ जिल्लामा रहेका भुटानी शरणार्थीको बर्तमान अवस्था, जसमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको सम्वन्धमा विस्तृत अध्ययन गरि समितिले मन्त्रालयलाइ सुझाव दिएको थियो।
सरकारले २०७६ मंसिर १७ मा भुटानी शरणार्थीको समस्या र समाधानका उपाय सम्वन्धमा ४ बुदेँ प्रस्ताव तत्कालीन गृह सचिव प्रेम राइले गरेका थिए। जसमा १ लाख १३ हजार ३ सय शरणार्थीलाइ विभिन्न ८ मुलुकमा पूर्नस्थापना गरिएको तथा ६५ सय भुटानी शरणार्थीलाइ मानवीय रुपमा आश्रय नेपालले दिइरहेको उल्लेख थियो। नेपालमा रहेका शरणार्थीलाइ सरकारले आर्थिक सहायता उपलब्ध प्रदान गर्दा बार्षिक ७ करोड ब्ययभार पर्दै आएको छ।


























