चितवन, कार्तिक २६ । राजधानी वाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शै्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ। दुई साताभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रक्रियालाई अघि बढाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शै्ययाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शै्ययाको निर्माण गर्न लागेको उनको भनाइ छ।
कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू वनाउन लागिएको हो। छिटोछरितो प्रक्रियाबाट सामान खरिद गरि एचडियू सञ्चालनमा ल्याइने पाण्डेले जानकारी दिए। रासस
Facebook Comments


























