झापा, कार्तिक २६ । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन्। बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका चार जनालाई पक्राउ गरेको हो।
प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशीलाई पक्राउ गरेको हो। ५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
Facebook Comments


























