काठमाडौं, कार्तिक २४ । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ४.२२ विन्दुले वृद्धि भई १६५२.८० मा पुगेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.६१ अंकले घटेर ३२५.३३ मा पुगेको हो। कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो। आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ उपसमूहको शेयर ओरालो लाग्दा ५ उपसमूहको शेयर भने उकालो लागेको छ। यस्तै,आज कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनीले ५५ करोड १ लाख ८१ हजार ४८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।
Facebook Comments


























