काठमाडौं, कार्तिक २४ । ‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत रत्नेस कुमार कर्णले टिभीएस अपाचे आरआर-३१० जितेका छन्। भाग्यशाली विजेतालाई जनकपुरमा रहेको टिभिएस सोरुमबाट मोटरसाइकलको चाबी हस्तान्तरण गरिएको छ। उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले टिभिएसको सबैभन्दा महङ्गो मोटरसाइकल अपाचे आरआर-३१० हस्तान्तरण गरेका हुन्।
उनले कम्पनीको वेबसाइटमा गएर प्रक्रियागत तरिकाले फारम भरेर उक्त प्रतियोगितामा निशुल्क सहभागीता जनाएका थिए। यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन।
‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत टिभीएसको कुनैपनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन। साथै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन। यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।
बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ। हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ। जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन्।


























