कार्तिक २१ । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (शुक्रबार) सराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दै छ। सेख जायद स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा हुनेछन्।
आजको खेलमा जित निकाल्ने टोलीले सीधै फाइलनमा मुम्बईसँगको भेट पक्का गर्नेछ। पराजित टोलीले पुनः क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
आजको खेलमा बैंगलोर जित निकाल्दै आईपीएल उपाधिमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ। हालसम्म तीनपटक फाइनल प्रवेश गरेको बैंगलोरले उपाधि भने उचाल्न सकेको छैन।
यता एकपटकको उपाधि विजेता हैदराबाद आजको खेलमा जित निकाल्दै उपाधि होडमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ। हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो।


























