काठमाडौं, कार्तिक २१ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बिहिबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि तोलाको रु ४५ ले बढेर प्रतितोला १२ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























