पूर्वी नवलपरासी, कार्तिक २० । देवचुलीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। देवचुली नगरपालिका–१७ बस्ने लिखिराम महतोलाई बिहीबार बिहान गैंडाले आक्रमण गरेको हो।प्रहरीका अनुसार ५० वर्षीय उनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। घरमै रहेका उनलाई टौवामा पराल तान्न जाँदा नजिकै रहेको गैंडाले आक्रमण गरेको हो।
Facebook Comments




















