काठमाडौं, कार्तिक २० । नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका छन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका हुन्। २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेका छन्।
ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
Facebook Comments


























