चितवन, कार्तिक १९ । कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको पौडेलले बताए। महिलाको स्वास्थ्य अवस्थामा थप समस्या हुँदै गएपछि १७ गते नै कोभिड आईसीयू कक्षमा राखी उपचार हुँदै आएको थियो। उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
Facebook Comments




















