काठमाडौं, कार्तिक १९ । बुधबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको रु ९५ हजार ४ सयमा कारोबार भएको थियो।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यसैगरी बुधबार चाँदीको मुल्य भने तोलाको रु ५ ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments

























