कार्तिक १९ । आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ। मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो। मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्यो।
हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ। बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो। हैदराबादसँग पराजित भए पनि मुम्बई शीर्ष स्थानमा यथावत छ। मुम्बईले १४ खेलमा १८ अंक जोड्यो। मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ। दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो।
पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ। क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ।
पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ। दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन्। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ। एजेन्सी


























