कार्तिक १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शानदार जित हात पारेको छ। अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो।
दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई सुरुवाती अग्रता दिलाएको खेलमा २१औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। लीड्सका स्टूआर्ट डालासले ४८औँ मिनेटमा एक गोल फर्काए। ७६औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरको अग्रता ३-१ मा पुर्याए।
इन्जुरी समयमा टिएलेम्यान्सले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए। जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ। एजेन्सी
Facebook Comments


























