कार्तिक १७ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोलले पराजित गरेको हो।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन्। यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे। घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए।
जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ। युभेन्ट्स दोस्रो स्थानमा रहेको छ। स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६औँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























