चितवन, कार्तिक १६ । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार थप एक गैँडा मरेको छ। निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो। गैँडाको खाग र खुर सुरक्षित रहेका छन्। निकुञ्जमा यस आर्थिक वर्ष सुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन्।
तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो। गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए। प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ। रासस
Facebook Comments


























