काठमाडौं, कार्तिक १६ । हाल देशभर ३७ हजार ७६५ जना सक्रिय कोरोना संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।


























