नवलपरासी, कार्तिक १६ । नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो।
उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताए।
Facebook Comments




















