कार्तिक १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ। सारजाहमा बैंगलोरले हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ। बैंगलोर र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सारजाह क्रिकेट मैदानमा बैंगलोर आठौं जितको खोजीमा हुनेछ। बैंगलोर १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
बैंगलोरका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ। बैंगलोर हैदराबादलाई हराएर प्ले अफ पुग्न चाहन्छ। बैंगलोरलाई अब प्ले अफ पुग्न मात्र एक जितको खाँचो रहेको छ। त्यसैले बैंगलोर जित निकाल्दै प्ले अफ सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। यता, हैदराबादका लागि भने यस खेल महत्वपूर्ण रहेको छ। प्ले अफ सम्भावना कायम राख्ने हैदराबादलाई जित बाहेक अन्य विकल्प छैन। हैदराबादले १२ खेलमा १० अंक जोडेको छ। हैदराबाद पुछारबाट दोस्रो स्थानमा रहेको छ।
हैदराबादलाई प्ले अफ पुग्न अब बाँकी रहेको दुई खेलमा फराकिलो जित निकलनी पर्ने आवश्यकता रहेको छ। यस्तै हैदराबाद बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यस अघिको भेटमा बैंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो। एजेन्सी

























