चितवन, कार्तिक १५ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ। विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिलाको विहान ९ बजेर ३२ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएर कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो। उनमा १३ गते कोरोना पुष्टि भएको थियो।
Facebook Comments


























