कार्तिक १५ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन्। युभेन्ट्सका स्टार स्ट्राइकर रोनाल्डो शुक्रबार कोरोना संक्रमणबाट मुक्त भएको युभेन्टसले जनाएको छ। रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ। कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन्।
नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो। कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन्। नेसन्स लिग अन्तर्गत स्वीडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो। एजेन्सी
Facebook Comments


























