काठमाडौं, कार्तिक १४ । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो।
धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























