काठमाडौं, कार्तिक १४ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो।
यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ११८० रूपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments




















