जनकपुरधाम, कार्तिक १३ । जनकपुरमा सवारी अनुमती पत्र (स्मार्ट लाइसेन्स) हरु धानखेतमा फेला परेको छ। खेतमा धान काट्न गएका महिलाहरुले खेतमा फालिएको अवस्थामा लाइसेन्सहरु फेला परेका हुन्।
यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्सहरु जनकपुर उपमहानगरपालिका १४ नजिकै फेला परेको हो। एकाएक तयारी लाइसेन्सहरु खेतमा फेला परेपछि किसानहरुले जम्मा गरेर कार्यालयमा बुझाएका छन्। तयारी लाइसेन्स धानखेतमा फेला परेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले त्यसबारे अनुसन्धान थालेको छ।
Facebook Comments


























