काठमाडौं, कार्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) सम्बन्धमा जानकारी दिन प्रत्येक दिन आयोजना गर्दै आएको प्रेस ब्रिफिङ अब हप्ताको दुई दिन मात्र हुने भएको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब प्रत्येक आइतबार र बुधबार गरी हप्ताको दुई दिन प्रेस ब्रिफिङ हुने जानकारी दिए। उक्त ब्रिफिङ नियमित समय सवा ४ बजे हुनेछ। उनका अनुसार कोरोना संक्रमणबारे दैनिक तथ्यांक तथा जानकारी मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट प्रत्येक दिन साढे ४ बजे अपडेट गरिने जानकारी दिए। यसअघि मन्त्रालयले दसैंको अवसरमा पाँच दिन प्रेस ब्रिफिङ स्थगित गरेको थियो।
Facebook Comments


























