कार्तिक १२। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ। मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ। अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ। मुम्बई बैंगलोरलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ। मुम्बई जित निकाल्दै प्ले अफ सुरक्षित गर्न चाहन्छ।
बैंगलोरसँग मुम्बई अघिल्लो भेटमा व्यहोरेको बदला समेत लिएको छ। यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो। तर, बैंगलोरविरुद्ध मुम्बईका कप्तान रोहित शर्माले खेल्ने सम्भावना न्यून रहेको छ । चोटका कारण उनले पछिल्लो दुई खेल गुमाईसकेका छन्।
यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ। बैंगलोर मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।
मुम्बईविरुद्ध बैंगलोरले कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीलाई मैदान उतार्ने छन्। मुम्बईसँग क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ। एजेन्सी


























