कार्तिक ११ । दक्षिण अफ्रिकाको क्रिकेट टिमले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने भएको छ। घरेलु भूमिमा दक्षिण अफ्रिकाले श्रीलंकासँग दुई टेस्टको सिरिज खेल्ने भएको हो।
दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको सिरिज पछि श्रीलंकासँग खेल्ने भएको हो। दक्षिण अफ्रिका क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार पहिलो टेस्ट डिसेम्बर २६ बाट सेन्चुरियनमा सुरु हुनेछ। यस्तै जोहन्सबर्गमा हुने दोस्रो टेस्ट जनवरी ३ बाट सुरु हुनेछ।
श्रीलंकासँग खेल्नु अघि दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ। इंग्ल्यान्डले नोभेम्बर २७ मा पहिलो टी-ट्वान्टी खेल्नेछ। यस्तै डिसेम्बर ४ मा पहिलो एकदिवसीय खेल खेल्नेछ। एजेन्सी
Facebook Comments

























