कार्तिक १० । इंग्ल्यान्ड र जर्मनी महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ। इंग्ल्यान्ड टिमका ब्याकरुम स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरिएको हो।
इंग्ल्यान्डले मंगलबार ब्रिटा एरिनामा जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो। मैत्रीपूर्ण खेल बन्द रंगशालामा हुने तय भएको थियो। तर, घरेलु टोलीका स्टाफमा कोरोना देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरीएको छ।
कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन। इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो। वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २-१ को जित निकालेको थियो। रासस
Facebook Comments


























