काठमाडौं, कार्तिक ७ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज घटेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ।
Facebook Comments


























