कार्तिक ६ । अफगानिस्तानको जलालावादमा भागदौडमा मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
अफगानी सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए। सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त कन्सुलेटमा लाइनमा लागेका महिलालाई लक्षित गरेर बुधबार अपराह्न बम पड्किएको हल्ला मच्चाइएपछि भागदौड भएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनका अनुसार घटनामा अरू १० जना घाइते भएका छन्। मृत्यु भएकाहरू पाकिस्तानका र अफगानिस्तानका हुन्। एजेन्सी
Facebook Comments


























