चितवन, कार्तिक ५ । होम आइसोलेशनमा कोरोनाबाट मृत्यु भएकाहरुको शव अब आफन्तले नै ब्यवस्थापन गर्नुपर्ने भनी सरकारले गरेको निर्णयका विरुद्धमा कालिका नगरपालिका वडा नं ५ ले भने आफ्ना वडाबासीहरुमा यस किसिमको भवितब्य आइपरेमा शव ब्यवस्थापनको जिम्मा वडा कार्यालयले नै लिने र मृतकको परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार वडा अध्यक्ष जियन महतोको अध्यक्षतामा बसेको बैठकले कालिका नगरपालिका वार्ड नं ५ का वडाबासी कोहि कसैको कोरोना पुष्ठी भई होम आइसोलेशनमा मृत्युु भएमा शव ब्यवस्थापन गर्नको लागि मृतकको परीवारलाइ रु १५ हजार राहत स्वरुप उपलब्ध गराउने र वडा कार्यालयको सहायतामा शव ब्यवस्थापन गरीदिने निर्णय गरेको हो।
कालिका ५ मा केही दिन अघि कोरोना संक्रमण पुष्ठि भई एक ब्यक्ति को निधन भएकोमा मृतकको परीवारलाई राहत स्वरुप पन्ध्र हजार रुपैयाँ आज उपलब्ध गराइएको वडा अध्यक्ष महतोले जानकारी दिए।



























