सप्तरी, कार्तिक ५ । धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाउने एक युवक पक्राउ परेका छन्। डाक्नेश्वरी पोखरीया टोल २१ वर्षीय पुरुषलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँका राजिव मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
पुरानो रिसईवीको कारण राजीव समेतका ३ जनाले चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि राजविराजतर्फ पठाएको सुचना आएलगत्तै सुरक्षा वेस क्याम्प पत्थरगाढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























