काठमाडौं, कार्तिक ५ । आईतबार देखि मंगलबार सम्म स्थिर रहेको सुनको मुल्य बुधबार अर्थात साताको चौथो दिन बढेको छ। सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो। यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























