कार्तिक ३ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन्। चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई चौथो जितको खोजीमा हुनेछ। महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ। राजस्थानलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ। यस्तै चेन्नई सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा राजस्थानसँग चेन्नई १६ रनले पराजित भएको थियो।
तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन चेन्नईलाई कठिन हुनेछ। पुछारमा रहेको राजस्थान पनि चेन्नईलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ। राजस्थान पनि चौथो जित निकाल्ने योजनामा हुनेछ। एजेन्सी


























