काठमाडौं, कार्तिक ३ । गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’ मा समावेश गरिएको छ। गीतलाइ महाराज थापाले एरेन्ज गरेका हुन्।
कविता नेपाली, गौरव बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ। वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त निर्माणमा तयार भएको ‘यानी माया’ गीतको निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमको हो।
Facebook Comments


























