कार्तिक २ । निर्देशक शम्भु धितालको निर्देशनमा ‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो रिलिज भएको छ। यो गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ। यो गीतमा शम्भु धिताल र मेलिना राइको स्वर, शम्भुकै शब्द तथा संगीत छ। भिडियोमा रमा थपलिया र शम्भु धिताललाई पनि देख्न सकिन्छ।
प्रविण भट्टको सम्पादन रहेको भिडियोमा करण छिसिरको छायांकन छ। समाजमा देखिएको जातीयताको मुद्दालाई यो गीतले उठान गरेको छ।
Facebook Comments


























