चितवन, कार्तिक १ । आजभोलिको जीवनशैलीका कारण व्यक्तिहरू बारम्बार बिरामी परिरहेका छन्। आधुनिक मानिसहरूको खानपिनको बानी परिवर्तन भएको छ। जंक फूड खाने बानीले गर्दा आधुनिक मानिसहरूको पाचनप्रणाली नै बिग्रिसकेको छ।
पाचन राम्रो बनाउनुछ भने त्रिफला खान थाल्नुस्। यो प्रसिद्ध आयुर्वेदिक उपचार पद्धति हो। अमला, हर्रो र बर्रो मिलेर त्रिफला बन्छ। यसको सेवनले के फाइदा हुन्छ हामी बताउँदैछौं।
कब्जियत
त्रिफलाले लामो समयदेखि जमेको कब्जियतबाट छुटकारा दिलाउँछ। यसले शरीरको आन्तरिक फोहरलाई बाहिर निकालेर सफा गर्छ। पाचनलाई पनि यसले सुधार गर्छ।
मेटाबोलिजम वृद्धि
त्रिफला खाँदा मेटाबोलिजम बढ्छ र पाचनतन्त्र सही रहन्छ। राति सुत्नुअघि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या भाग्छन्।
रगत सफा
त्रिफला चूर्णले खाना पचेपछि बाँकी रहेका अतिरिक्त पदार्थलाई शरीरबाहिर निकाल्छ। घरिघरि बिरामी हुने मान्छेले यसको सेवन गर्नुपर्छ।
एन्टीअक्सिडेन्ट
त्रिफलामा भएको एन्टीअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि लाभदायक छ। यसको सेवन गर्दा अनुहारमा चाउरी पर्न पाउँदैन।
























