मुम्बई, असोज ३० । भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण भएको छ। ६२ बर्षिय गायक सानुलाई कोरोना पोजेटिभ देखिएको उनी आफैले जानकारी दिएका छन्। मिडिया रिपोर्टका अनुसार सानु संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ।
आफ्नो २० अक्टोबरको जन्मदिन मनाउन अमेरिका जाने तयारी गरेका सानु त्यस अगाडी नै कोरोना संक्रमित भएका छन्। सानुकी पत्नी र दुई छोरी अहिले अमेरिकामा रहेका छन्।
कोरोना संक्रमित हुने बलिवुड सेलिब्रेटीमा सानु पछिल्लो सेलिब्रेटी हुन्। यस अघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, कनिका कपुर अर्जुन कपुर, मलाइका अरोरा लगायतले कोरोना जितेर काममा फर्किसकेका छन्। एजेन्सी
Facebook Comments


























