चितवन, असोज ३० । अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको संरक्षण र प्रवर्द्वनमा लागेका गैँडाकोटका युवा विश्व गौडेलको म्यूजिक भिडियो सुन रिमै ब्लेक ब्रोस इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ। आहै ‘सुन रिमै, भन रिमै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। जम्मा ७ मिनेटको भिडियो निकै स्तरीय बनेको गौडेलको दाबी छ। गीतमा दीपक शर्माले संगीत दिएका छन् भने चर्चित गायक प्रमोद खरेल र मेलिना राईले आवाज दिएका छन्। जीवन रसाइलीले निर्देशन गरेको भिडियोमा सामाजिक सन्जाल टिकटकबाट चर्चामा आएका टिकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ।
भिडियोमा उनीहरुको निकै स्तरीय अभिनय देख्न पाइन्छ। पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपन झल्किने नेपाली गीत संगीत युवाहरूले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुँदै जान थालेकाले नेपाली गीत संगीतको संरक्षणका लागि म्युजिक भिडियोसहितको गीत बजारमा ल्याएको अस्ट्रेलियामा रहेका युवा विश्व गौडेलले बताए। नेपाली गीत संगीत विश्वमै उत्कृष्ट रहेकोले अस्ट्रेलियामा पनि नेपाली गीत संगीतको संरक्षण र प्रवर्द्वनमा लागेको उनको भनाइ छ। गौडेलले नेपाली गीत संगीतको संरक्षणकै लागि पहिलो कोसेलीको रुपमा सुन रिमै बजारमा ल्याएको उनले बताए।


























