काठमाडौं, असोज २९ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। हाल ६६ प्रतिशत सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार ३६ हजार ५ सय ३३ जना संक्रिय संक्रमितमध्ये २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। यो कुल सक्रिय संक्रमितको ६६.२२ प्रतिशत हो। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १५ हजार २ सय २८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ४२, प्रदेश २ मा ६ सय ४१, लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, सुदूरपश्चिम प्रदेशमा ६ सय ८१, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ६४३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























