काठमाडौं, असोज २९ । मानव अधिकार उल्लंघनको कार्यमा सरकारी पक्ष अगाडि रहेको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको मानव अधिकार उल्लंघनकर्ताहरुको सूचीमा हालसम्म राज्यपक्षबाट ७७९ अर्थात् ६५ प्रतिशत र माओवादी पक्षवाट २८७ अर्थात् २४ प्रतिशत मानव अधिकार उल्लंघन भएको छ। सरकार र माओवादीबाट ३८‚ प्रतिकार समूहबाट २३‚ शिक्षक १६ र अन्यबाट ५२ जना रहेका छन्।
Facebook Comments


























