काबुल, असोज २९ । अफगानिस्तानको दक्षिणी हेल्मान्द प्रान्तमा घाइते सेना बोकेका दुइवटा हेलिकोप्टर एकआपसमा ठोकिँदा कम्तिमा नौ जना व्यक्तिको ज्यान गएको सैनिक सुत्रले जनाएको छ। मृत्यु हुने मध्ये केहि कुशल प्रशिक्षित एयर र्फो मिसनका सदस्य पनि रहेको बताइएको छ।
नावा जिल्लामा बुधवार बिहान सवेरै भएको सो दुर्घटनाको कारण प्राविधिक त्रुटी हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ। केहि दिन यता सो क्षेत्रमा तालिवान लडाकु समुह र अमेरिकी हवाई हमलाको सहयोग प्राप्त अफगान सरकारी फौज बिच भिडन्त हुँदै आएको छ।
तालिवान लडाकुहरु आफुले पहिल्यै नियन्त्रणमा लिइ सकेको जिल्लाको लश्कर गह शहरको सिमानामा सघर्षरत रहेका छन्। सुरक्षित स्थानमा शरण लिनका लागि सर्वसाधारणहरु परिवार र बालबालिका सहित सो शहर छाड्दैछन्।
अन्तर्राष्ट्रिय दातृ समुहहरुका अनुसार खुल्ला स्थानमा रात बिताउन बाध्य तिनीहरुको स्थिती निकै दयनिय रहहेको छ। अफगानिस्तान स्थित संयुक्त राष्ट्र संघिय निकायले ३५ हजार भन्दा बढि हेल्मान्दवासी विस्थापित भइसकेका छन्। एजेन्सी


























