काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ। विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ। विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ। ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ। थप विवरण आउन बाँकी छ।’
Facebook Comments


























